शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।

उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेपाली कांग्रेका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा. महतले दिए। भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको रष्ट्रियता बलियो हुनुपर्छ र मात्र यसमा भारतको हित छ भन्नुभएको डा. महतले जानकारी दिएका छन्।

त्यस भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिएको डा. महतले बताए।

भारतीय जनतापार्टीको निमन्त्रणामा तीनदिनअघि भारत गएको डा. महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया रहेका छन्। शनिबारको भेटमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए।  -रासस

प्रकाशित: Oct 09, 2021| 14:02 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...