धनगढी- नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन्। बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएर पराजित भए।
यसैगरी उपसभापति बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन्। सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भए।
सह-सचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए। सह-सचिव दलिततर्फ सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह विजयी भएका छन्। -न्युज कारखाना