शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशका जेठान हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड

प्रधानन्यायाधीशका जेठान हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन्। शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्त गरेका छन्। देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा हमाल नेपाली कांग्रेस बाँकेको सभापति थिए। त्यसपछि हमाल सक्रिय राजनीतिमा छैनन्। 

न्यायालयले भागबण्डा खोजेको हो? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो। नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ। होहल्ला गर्नु आवश्यक नै छैन। अनावश्यक हल्ला गर्नुमा केही तुक छैन।’ सांसद बाहेकका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमै भएको भन्दै उनले यसभन्दा अघिपनि धेरै पटक गैर सांसद मन्त्री बनेको बताए। 

पहिलो पटक संविधानसभा विघटन भएपछि हालको सत्तारुढ गठबन्धनले सेटिङको कुरा देशभर चलाएकाले त्यसैलाई कतिपयले भन्न मन लागेर भनेको तर मन्त्री नियुक्तिमा त्यस्तो सेटिङ नभएको उनले दाबी गरे। ‘त्यस्तो केही होइन। यहाँ केही सेटिङ छैन’, प्रचण्डले भने। -न्युज कारखाना

प्रकाशित: Oct 09, 2021| 11:28 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...