बिहीबार, भदौ ४, २०८३

दुई नाबालक छोरासहित आमाले गरिन् आत्महत्या

जिल्लाको नगराइन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले दुई छोराको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

जनकपुरधाम- धनुषामा एक महिलाले दुई नाबालक छोरासहित आत्महत्या गरेकी छन्। जिल्लाको नगराइन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले दुई छोराको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि गुडिया आफूले पनि पासो लगाएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान घर बाहिर रहेको बेला उनले घटना घटाएकी हुन्।

'उनका श्रीमान मजदूरी गर्न गएको समयमा घटना घटाइएको पाइएको छ।  घटनाअघि तीन बजेतिर उनले कतिखेर घर फर्कने भनेर कल गरेको देखिन्छ', डिएसपी बस्नेतले भने।

प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार गरेको थिएन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Oct 09, 2021| 10:23 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।