बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्धिखर्कमा बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

सन्धिखर्कमा बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ। नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन्।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए। खुद्रा पसलहरूमा पेट्रोल मात्रै हैन बिनाइजाजत मदिरा पनि राखेको पाइयो’, आचार्यले न्युज कारखानासँग भने, ‘दर्ता बिना सुर्तिजन्य पदार्थको बिक्री पनि व्यापक भेटियो।

सम्झाइबुझाई गरी प्रकृयामा जान निर्देशन दिइएको छ।’ अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरू धेरै भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए। म्याद नाघेका र सडेगलेका सामग्रीहरू जफत गरिएको उनले जानकारी दिए। नगरपालिकामा करिब २०० पसलमा नगरपालिकाले अनुगमन गरेको हो। अनुगमनका क्रममा स्थानीय बिनाइजाजतको घरेलु मदिरा पनि फेला परेको छ।

- न्युज कारखाना

प्रकाशित: Oct 09, 2021| 09:56 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।