बिहीबार, भदौ ४, २०८३

मनसुन बाहिरन थाल्यो, अब ठूलो पानी नपर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रूपमा बाहिरिएको हो।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ। केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रूपमा सकिनेछ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।’

शनिबार बिहान प्रदेश १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भएको छ। 

शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रकाशित: Oct 09, 2021| 07:35 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।