बिहीबार, भदौ ४, २०८३

सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्

भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताए।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

सल्यान- सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन्। भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताए। ‘विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो। पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ’, बुढाले भने।

विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताए। आफुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो छ। विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए। तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ। ‘छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविष्य अन्योलमा परी रहेको छ’, बुढाले भने।

विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए। नगरपालिकामा धेरै पटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएको उनको भनाइ छ। ‘विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन’, शर्माले भने।

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाइ रहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन्। जिल्लामा विद्यार्थी अनुसारका दरवन्दीमा शिक्षक नहुँदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन्। तर विद्यालयमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई तलव उपलव्ध गराउन नसक्दा शिक्षक मर्कामा पर्दै आएका छन्।

प्रकाशित: Oct 08, 2021| 23:25 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।