काठमाडौं- भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको नेपाली कांग्रेसको टोली शुक्रबार भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हेडक्वार्टर पुगेको छ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा बिहीबार नयाँ दिल्ली प्रस्थान गरेको टोलीले शुक्रबार भाजपाको हेडक्वार्टरमा भाजपा महासचिव अरुण सिंह, सांसदसमेत रहेका भाजपाका प्रवक्ता सुधांशु त्रिवेदी, सांसदरहेका युवा माोर्चाका महासचिव राजु विस्टलगायतसँग भेट गरेको छ।
बिहीबार कांग्रेसको टोलीले नयाँ दिल्लीमा भाजपा अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो। भेटका क्रममा दुई पार्टीबीचको सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको बताइएको थियो।
बिहीबार भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर सहभागी रहेको राणाले जानकारी दिएका थिए। नेपाली कांग्रेसकातर्फ सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र राणा सहभागी टोली बिहीबार नयाँ प्रस्थान गरेको हो।