शुक्रबार, भदौ ५, २०८३

प्राथमिकताका आधारमा काम गर्छु: भौतिकमन्त्री यादव

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्। 

शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्।

उनले भने, ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रमपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के-के छ, प्राथमिकताको रुपमा म यो देशको लागि सर्वप्रथम आवश्यक चीज के-के हुन् प्राथमिकताको रुपमा छुट्याउछु र त्यो अनुसारले म अगाडी बढाउँछु।’

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरा गर्ने बताइन्। 


प्रकाशित: Oct 08, 2021| 20:19 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...