शुक्रबार, असोज २३, २०८३

एनआरएनए उपाध्यक्ष केसीद्वारा आईएलओ परियोजनामा अनियमितता भएको स्वीकार

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा आसन्‍न १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघले सञ्‍चालन गरेको आईएलओ परियोजनामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको स्वीकार गरेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा आसन्‍न १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघले सञ्‍चालन गरेको आईएलओ परियोजनामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको स्वीकार गरेका छन्। 

कोभिड महामारी सुरु भए लगत्तै समस्यामा परेका खाडी मुलुक तथा मलेसिया र बहराइनलागयतका देशमा कार्यरत नेपाली मजदुरको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले दिएको सहयोग रकममा अनियमितता भएको केसीले स्वीकार गरेका हुन्।

गैरआवासीय नेपाली संघमार्फत आईएलओले १० करोड रुपैयाँ दिएको थियो। उक्त परियोजनाको संयोजक केसी नै थिए। सन् २०२० को फेब्रुअरी देखिस बढीमा एक वर्षका लागि आईएलओले संघलाई सो रकम सहयोग गरेको थियो। संघको १० औं महाधिवेशन नजिकिँदै गर्दा उक्त परियोजनामा भएको आर्थिक तथा प्रशासनिक अनियमितताको विषयले थप चर्को रुप लिएको छ।

उक्त परियोजनामा व्यापक आर्थिक एवम् प्रशासनिक भ्रष्टाचार भएको छानबिन समितिले पनि निष्कर्ष निकालेको थियो। तर, उपाध्यक्ष केसी र महासचिव हेमराज शर्माले अनियमितता नभएको दाबी गर्दै आइरहेका थिए। महासचिव शर्मा आगामी महाधिवेशनमा केसीकै टिमबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्।

केसीले यसैसाता काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उक्त अनियमितताको विषयले थप चर्चा पायो। केसी स्वयम् संयोजक रहेकाले पनि अनियमितताको छानबिनका गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि दबाब बढेको छ। 

एनआरएनएका उपाध्यक्ष समेत रहेका केसीको संयोजकत्वको कार्यदलले सम्बन्धित देशका एनसीसी मार्फत सहयोग परिचालन गरेपनि आफू निकट व्यक्तिको बैंक खातामा रकम पठाएको र तीनै व्यक्तिमार्फत दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष रहेको छ।

विशेषगरी दुबइमा रहेका नेपाली कामदारको उद्धार, राहत तथा पुनर्स्थापनामा व्यापक अनियमितता भएको सार्वजनिक भएको थियो।  कतार र मलेसियामा पनि अदृश्य रुपमा रकम हिनामिना भएको आवाज संघ भित्रै उठ्दै आएको छ। 

दुबइमा भएको अनियमितताबारे छानबिन गर्न १९ फेब्रुअरी २०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले सहयोग रकममा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बुझाएको थियो।

समितिले बुझाएको १६ पृष्ठको प्रतिवेदनमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाले परियोजनामार्फत् प्राप्त रकम काठमाडौंस्थित एक बैंकमा खाता खोली जम्मा गरेको उल्लेख छ। उक्त प्रतिवेदन समितिले आइसीसीलाई बुझाएपनि आईसीसीले भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

समितिको प्रतिवेदनपछि युएईका दुई पदाधिकारीलाई निलम्बन गरिए पनि उपाध्यक्ष केसी र महसचिव शर्माले उनीहरुमाथिको निलम्बन फुकुवा गरिसकेका छन्।

उपाध्यक्ष केसीले राहत रकममा अनियमितता भएको पाइएको र  अनियमितता गर्नेहरुलाई छानबिन गरी कारबाही गरिसकेको बताए। उनले खर्च विवरण पारदर्शी रहेको दाबी गरे पनि कति रकम अनियमितता भएको थियो भन्‍नेबारे केही बताएनन्। ‘हामी संस्थाबाट बाहिर गएका छैनौं, एक-एक हिसाब हेर्न सकिन्छ,' उनले भने, 'अनियमिततामा संलग्‍न केही व्यक्तिलाई कारबाही गरिसकेका छौं।

आईएलओको रकम परिचालन भएपछि सबैभन्दा बढी अनियमितता यूएईमा देखिएको थियो। छानबिन समितिले ६२ हजार ७ सय युएई दिराम (करिव २० लाख रुपैयाँ) आर्थिक अनियमितता भएको प्रतिवेदन एनआरएनए पदाधिकारीलाई दिएको छ। 

उक्त प्रतिवेदन र अन्य मुलुकमा भइरहेको अनियमितताले उपाध्यक्ष केसी र महसचिव शर्मा सहितका केही केन्द्रीय पदाधिकारीरु नै अप्ठ्यारो परेका छन्। अध्यक्षका प्रत्यासी केसी थप तनावमा छन्।


प्रकाशित: Oct 09, 2021| 12:05 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...