बिहीबार, भदौ ४, २०८३

नेपाल प्रहरीमा ७८१ जनाका लागि भर्ना खुल्यो

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कुल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कुल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ।

नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४ सय १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो।

प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगन्ज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ।

यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। 

प्रकाशित: Oct 08, 2021| 16:35 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।