मंगलबार, फागुन २६, २०८२

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

सन् २०२१ को नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- सन् २०२१ को नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो। 

National life

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार दिइएको कमिटीले जनाएको छ।अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दिगो शान्तिका लागि पूर्वसर्त भएको उल्लेख गर्दै दुवै पत्रकारहरुले त्यसको रक्षाका लागि रेसा र मुरातोभलाई उक्त पुरस्कार दिइएको हो। 

स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग हुनबाट जोगउने, असत्य र युद्ध हुनबाट जोगाउने काम गर्ने बताइएको छ। 

रेसा फिलिपिन्सको पेसिगबाट सञ्‍चालन हुने समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन्। त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन्। फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो। उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको कट्टर आलोचक हुन्।

उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन्।

Laxmi sunrise bank
kumari

त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन्। उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए। नोभाया ग्याजेटालाई कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले 'आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार' को संज्ञा दिएको छ।

सन् १९९३ मा रुसमा स्थापना भएको स्वतन्त्र पत्रिका नोभाजा गजेटका संस्थापकमध्ये उनी एक थिए। १९९५ देखि उक्त पत्रिकाको उनी प्रधान सम्पादक समेत रहँदैआएका छन्। १९९३ मा सुरु भएदेखि नै नोभाया ग्याजेटाले भ्रष्टाचार, प्रहरी हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी अनियमितताविरुद्ध थुप्रै आलोचनात्मक आलेख प्रकाशन गर्दै आएको छ।

प्रकाशित: Oct 08, 2021| 16:23 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।