बिहीबार, भदौ ४, २०८३

अपहरण भएको १० घण्टापछि बालकको सकुशल उद्धार

कोशी गाउँपालिका ७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

सुनसरी- कोशी गाउँपालिका ७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर ६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्धार गरेको हो ।

मिया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी  गर्ने  कामदारहरु लैजाने ठेक्दार रहेकोमा मिँयालाई नेपाली कामदारहरु १५-२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनि नेपालतर्फ सुनसरी कोशी गाउँपालिका ७ बस्ने भुल्टन सदा लगाएत ५ जनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मिँया लगाएतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीरबन्धक शीर्षक अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित: Oct 08, 2021| 15:59 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।