शुक्रबार, असोज २३, २०८३

यी हुन् दसैंका सदाबहार गीत

दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- कोरोना महामारीका कारण यसपटकको दसैं  पनि उल्लासमय छैन। विगतमा दसैं लक्षित गरेर सयौं दोहोरी र लोक आधुनिक गीत सार्वजनिक हुन्थे। यसपटक त्यस्ता गीत नगण्य मात्रामा सार्वजनिक भएका छन्। रेडियो टेलिभिजनमा पनि दसैंका गीत गुन्जिएका कमै सुनिएका छन् । 

दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ। पैसा कमाउन घरबाट बाहिर जाने, दसैंका बेला पर्खने, थोरै समय भए पनि परिवारसँग रमाउने प्रचलन अहिलेको होइन। त्यसैले दसैंका गीत पनि यस्तैयस्तै विषयमा केन्द्रित रहँदै आएका छन्। काम र मामको खोजीमा विदेश जानुपर्ने बाध्यता छँदै छ। 

कतिपय गीतमा परदेशिएका छोराले घर फर्कन नपाउने सन्देश बोकेका हुन्छन्। अचेल कामको खोजीमा छोरी र बुहारी पनि विदेश जाने चलन बढेको छ। दसैंका गीतमा भने घर फर्कन नपाएको छोरोले आफ्ना आमा, बाबु, पत्नी, सन्तान, दाजुभाइलाई सम्बोधन गरेको पाइन्छ। यस्ता गीत विरहले भरिएका हुन्छन् भने कतिपय गीत दसैंको रमाइलोसँग पनि जोडिएका छन्।

दसैंसँग जोडिएको नारायण गोपालको निकै नै रुचाइएको गीत बिछोडको पीडा

त्यस्तै गायक जीवन शर्माको यसपालि त यस्तै भो आमा

नारायण रायमाझीको नमुछे आमा दहीमा टीका गीत (पहिले कृष्णभक्त राईको स्वरमा थियो)

लोक दोहोरी क्षेत्रमा दसैंका गीतहरु ठूलो संख्यामा छन्, त्यसमध्ये अत्यन्तै रुचाइएको रेशम सापकोटाको गीत बाटो हेरे हुन्छ है घरमा 

सशस्त्र प्रहरी बलले तयार गरेको फौजीको दसैं गीत

गायक सुगम पोखरेलको दसैंसम्बन्धी गीत वर्षमा दिनमा जुन युट्युबमा एक करोड बढी भ्युज बनाउन सफल भएको छ।

प्रकाशित: Oct 09, 2021| 08:20 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।