शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा टुंगियो मन्त्रीको नाम, बडूलाई कानुन र रिजाललाई रक्षा मन्त्रालय

कांग्रेसमा टुंगियो मन्त्रीको नाम, बडूलाई कानुन र रिजाललाई रक्षा मन्त्रालय

नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडूले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यस्तै डा. मीनेन्द्र रिजाललाई रक्षामन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं–  नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडूले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यस्तै डा. मीनेन्द्र रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले केही बेरअघि कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लगाएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार,बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको स्रोतले बतायो।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन्। कानुनमन्त्री रहेका कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्। स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेकाले स्वास्थ्य राज्यमन्त्रीबाट श्रेष्ठ हट्ने सम्भावना छ।

प्रकाशित: Oct 08, 2021| 14:37 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...