काठमाडौं- सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन्।
बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। रोष्ट्रम अगाडि उभिएर उनीहरूले नाराबाजी गरिरहेका हुन्।