दोहा- फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन्। इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति संक्रमणबिरुद्ध निरन्तर साबधानी अप्नाउनुपर्ने उल्लेख छ।
इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो। त्यस्तै, कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो।
पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ। अध्यययन वेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ। -एजेन्सी