बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रूपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ। बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

प्रकाशित: Oct 08, 2021| 11:42 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।