बैतडी- बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन्।
रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए। रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए।
कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ। घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ। अहिले दुवै पक्षबीच छलफल भइरहेको छ।
- न्युज कारखाना