बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको उपासना गरिँदै

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको उपासना गरिँदै

नेपालीको महान् चाड वडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा आराधना गरेर मनाइँदैछ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- नेपालीको महान् चाड वडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा आराधना गरेर मनाइँदैछ। आजको दिनलाई आश्विन शुक्ल तृतीयाका नामले चिनिन्छ। 

विधिपूर्वक दीप, कलश, गणेशको पूजाका साथ दुर्गाको प्रतिमामा चन्द्रघण्टाको पूजन गर्दै अंकुरित हुन लागेका जमरामा जमराकी अधिष्ठात्री देवीको पूजा गर्दै जल अभिषेक गरेर आरधना गरिन्छ। 

‘चन्द्रः घण्टायां यस्याः सा’ चन्द्रमा जसको घण्टामा विराजमान छन् उनै त्रिगुणात्मिका पराम्बा भगवती चन्द्रघण्टाले मानिसमा भएको अन्तर्निहित चेतन शक्तिलाई ऊर्जाका रुपमा परिणत गर्दै आफूमा निहित गर्नु र शान्त स्वभावमा परिणत गराउनु चन्द्रघण्टा देवीको स्वभाव हो।

सात्विक बलिका रुपमा खिचडी घृतोदन, पायसका साथै कुष्माण्ड, नरिवल, काँक्रो, उखु, केरा आदि फलफूल अर्पण गर्न सकिन्छ। अहं विज्ञानाविज्ञाने आदिदैविक, आदिभौतिकतामा भएको सार स्वरुप विज्ञान र अविज्ञान स्वरुपा म नै हुँ। म भन्दा भिन्न केही छैन र सबै ममा नै समाहित छन्। यी वाणीहरू देव्यथर्वशीर्षमा देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ। 

जीवित कन्याका रुपमा सम्पूर्ण कलाले युक्त, भक्तहरूको हृदय कमलमा बास गर्ने कल्याणकी प्रतिमूर्ति महाकाली स्वरुपा चार वर्षले युक्त भएकी कल्याणी नाम गरेकी कन्यालाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।

प्रकाशित: Oct 09, 2021| 06:15 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।