बिहीबार, भदौ ४, २०८३

कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ।   

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेकी हुन्। 

सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ। 

संगठनले दसैँ, तिहार र छठ जस्ता ठूला पर्वको मुखमा भइरहेको कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न र तत्काल संयन्त्र बनाई काम सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ।

हालै सार्वजनिक यातायातमा वृद्धि गरेको ३५ प्रतिशत भाडादर  वृद्धिले सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै उक्त भाडादर घटाउनुपर्ने माग गरिएको छ ।  

प्रकाशित: Oct 07, 2021| 21:29 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।