बिहीबार, भदौ ४, २०८३

पिण्ड सेलाउन नदीमा जाँदा डुबेर मृत्यु

पिण्ड सेलाउन नदीमा जाँदा डुबेर मृत्यु
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

बुधबार दिउँसो करिब ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए । घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा बिहान शव फेला परेको जनाइएको छ। बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ। रासस

प्रकाशित: Oct 07, 2021| 16:00 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।