आइतबार, असार २८, २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठन्धनका नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठन्धनका नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको बेला गठबन्धनबो बैठक बसेको हो। बैठकमा  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी छन्। 

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्तारुढ गठबन्धनमा मन्त्रालयको संख्या बाँडफाँटमा सहमति भइसकेको बताइएको छ। नेकपा माओवादी केन्द्रले मन्त्री बनाइने व्यक्तिको नाम समेत टुंगो लगाइसकेको छ। तर जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), कांग्रेसले भने मन्त्री बन्ने व्यक्तिको नाममा अन्तिम टुंगो लगाइसकेका छैनन्। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...