शुक्रबार, असोज २३, २०८३

आजबाट खुले हल, नयाँ चलचित्र अर्को साता

कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन्।

काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो। मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं शृंखला र नोबडी प्रदर्शन गरेको छ।

कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरू खुलाउन अनुमति दिएपछि चलचित्र संघले हल खुल्ने जानकारी गत मंगलबार राजधानीमा एक कार्यक्रमबीच दिएको थियो । यद्यपि नयाँ चलचित्र भने दर्शकले हेर्न पाउने छैनन्। फास्ट एन्ड फ्युरियसलाई दर्शकले डिजिटल प्लेटफर्ममै हेरिसकेका छन्। त्यसैले गर्दा पहिलो दिन हलमा दर्शकहरुको उपस्थिति कम नै छ। त्यसो त दसैं अगाडिको समयमा सिनेमा हलमा दर्शक तान्ने फिल्म नभएसम्म भिडभाड कम नै रहने गर्छ।

वितरकमध्येका एक कारण श्रेष्ठले दसैं अगाडिको समय किनमेल गर्ने भएकोले पनि गर्दा दर्शकको भिडभाड कमनै हुने बताए। यद्यपि आउँदो साताबाट उनले दर्शक हलमा आउने विश्वास व्यक्त गर ।

२६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन्। संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ।

प्रकाशित: Oct 07, 2021| 15:05 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।