शुक्रबार, असोज २३, २०८३

दसैंमा गुञ्जने मालश्री

नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ। काठमाडौंमा इन्द्रजात्रा सकिनेबित्तिकै यो धुन बजाउने परम्परा छ। 

नवदुर्गाको आराधनाामा मालश्री धुन बजाउने चलन रहेको संस्कृतिविद तेजेश्वरबाबु ग्वँग बताउँछन्। उनका अनुसार  ‘माल’ को अर्थ आमा र श्री भन्नाले श्रीयन्त्र हो। श्रीयन्त्रलाई शिवको अंश मानिन्छ।

नेपालमा झन्डै पाँच सय वर्षअघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि नेवार समुदायबाट यो धुनको उत्पत्ति भएको ग्वँग बताउँछन्। पहिलापहिला दरबारमा दसैं‌भरि नै मालश्री धुन बजाउने गरिन्थ्यो। 

मालश्रीमा नौमती बाजा बजाउने गरिए पनि अचेल गितार, हार्मोनियम लगायत पनि समावेश हुन थालेको पाइन्छ। तर मालश्री धुन जुनसुकै बाजाको प्रयोगबाट धुन निकाल्न सकिने ग्वँग बताउँछन्।

रेडियो नेपालले ०२७ सालदेखि हरेक दसैंमा मालश्री नियमित रूपमा बजाउँदै आएको छ। २०४१ सालमा नेपाल टेलिभिजन प्रसारण सुरु भएलगत्तै यसलाई श्रव्यदृश्यका रूपमा विकास गरिएको छ।

प्रकाशित: Oct 07, 2021| 14:28 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।