काठमाडौं– नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको चौथो तलाबाट खसेर मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे काठमाडौंको बुलबुलेस्थित निर्माणाधीन घरबाट खसेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको बताए। ‘घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’
सर्वोच्च अदालतले चर्तुवेदीलाई २०६८ भदौ २१ मा भ्रष्टाचारी ठहर गरेको थियो। उनले नेपाल वायुसेवा निगम, आयल निगम, नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसीसीएन) र साल्ट ट्रेडिङका प्रमुख भएर काम गरे थिए।