शुक्रबार, असोज २३, २०८३

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा 'कठपुतली' ले जित्यो दुई अवार्ड

नेपाली हरर फिल्म 'कठपुतली' ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल 'विन्टर फिल्म अवार्ड' मा दुईवटा महत्वपूर्ण अवार्ड जित्न सफल भएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेपाली हरर फिल्म 'कठपुतली' ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल 'विन्टर फिल्म अवार्ड' मा दुईवटा महत्वपूर्ण अवार्ड जित्न सफल भएको छ। सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले 'बेस्ट हरर फिचर फिल्म' र 'इन्डी पिक्स अवार्ड' जितेको हो।

फेस्टिभलमा यो फिल्म 'विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन' विधामा छनोट भएको थियो। हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटिटि प्लाटफर्ममा आधारित छ। यो अवार्ड जित्नु भनेको 'इन्डी पिक्स' नामक ओटिटि प्लाटफर्मले रिलीजको लागि अफर गर्नु हो। उक्त फेस्टिभलमा जम्मा चारवटा फिल्महरुले यो अवार्ड जितेका छन्।

फिल्मले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन्। भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ। यसका लागि मैले २० वर्षदेखि यात्रा सुरू गरेको थिएँ। कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन। यो अवार्डले फिल्म निर्माणमा थप हौसला दिएको छ।’

फिल्मका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफूलाई बिश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए। सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ। अवस्था सामान्य बन्दै गएकाले आगामी पुस-माघसम्म फिल्मलाई रिलिज गरिने निर्माता मगरले बताए। हरर फिल्ममा 'कठपुतली' ले एउटा इँट्टा थप्ने उनको विश्वास छ।

फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको 'कठपुतली' अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाले बताएका छन्। उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन्। पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ।

प्रकाशित: Oct 07, 2021| 13:25 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।