काठमाडौं- उच्च अदालत पाटनले कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन माग गर्दै सुनिल बोहोराले रिट दायर गरेका थिए।
‘निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा, दुवै पक्षका छलफलबाट निर्णय लिन न्यायोचित हुने देखिदा मिति २०७८/७/७ मा छलफल पेशी तोकी दुवै पक्षलाई सोको जानकारी दिइ नियमानुसार गर्नू। उक्त मितिसम्मको विपक्षीलाई राजनीतिक कार्यमा सामेल नगर्नू/गराउनू भनी विपक्षीको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।