काठमाडौं– सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ। बुधबार तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदी आज ११ सय ७० मा कारोबार भइरहेको छ।