बिहीबार, भदौ ४, २०८३

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि घुइँचो

घटस्थापनाका दिन बिहीबार भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

भक्तपुर- घटस्थापनाका दिन बिहीबार भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ। बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो। नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ। 

भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ।

त्यसैगरी भक्तपुरमा बिहीबार रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन। घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ। रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन्। विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा छ। 

नवरात्रि मेलामा पहिलो दिन बिहीबार ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ। 

नवमीका दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ। नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको राँगो लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचण्लन छ। नवमीका दिन रातिभरि र दशमीका दिन ब्रह्मायणीमा हजारौको भीडमा मेला भर्ने गरिन्छ। -रासस

प्रकाशित: Oct 07, 2021| 10:05 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।