काठमाडौं- नेपाली कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति निर्विरोध चयन भएको छ। कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल निर्विरोध निर्वाचित भएका छन्।
अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत निर्वाचित भएका छन्। सचिवमा किरण केसी र इच्छाकुमार महर्जन निर्वाचित भएका छन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सहसचिवमा सुर्यकान्त कोइराला र सानुमैया महर्जन निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित डंगोल कांग्रेस नेता गगन थापा र प्रकाशमान सिंह निकट मानिन्छन्।