बिहीबार, भदौ ४, २०८३

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लायन्सचोक पूर्व–पश्चिम सडकखण्डमा बुधबार राति ११ बजे ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

इटहरी- लायन्सचोक पूर्व–पश्चिम सडकखण्डमा बुधबार राति ११ बजे ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठले इटहरी १७ लायन्सचोकदेखि पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिएको बताए।

उनका अनुसार मृत्यु हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विश्वकर्मा रहेका छन्। गम्भीर घाइते दुवैको कोशी अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ट्रक चालक मकवानपुर जिल्ला हेटौंडा–९ का ३१ वर्षीय अर्जुन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित: Oct 07, 2021| 08:33 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।