बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आंशिकरूपमा खुल्यो कोरिया रोजगारी, कात्तिक १० गतेदेखि प्रतिबद्ध श्रमिक जान पाउने

आंशिकरूपमा खुल्यो कोरिया रोजगारी, कात्तिक १० गतेदेखि प्रतिबद्ध श्रमिक जान पाउने

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको रोजगारीका लागि दक्षिण कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको रोजगारीका लागि दक्षिण कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ। कोरिया र नेपाल सरकारले संयुक्त रूपमा तयार गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका प्रतिबद्ध श्रमिकलाई आगामी कात्तिक १० गतेदेखि लगिने भएको हो। 

प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित तीन वर्षदेखि चार वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन्। यस्ता १ सय १९ प्रतिबद्ध श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावलीसमेत सार्वजनिक गरेको छ। 

शाखाका अनुसार तयारीमा रहेका ११९ श्रमिकमध्ये अधिकांश २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल आएका प्रतिबद्ध श्रमिक छन्। ईपीएस शाखाका निर्देशक सुरेश राउतले भिसा आएका प्रतिबद्ध श्रमिकमध्ये आगामी कात्तिक १० गते ५० जनाको काठमाडौंबाट कोरिया सिधै उडान हुने जानकारी दिए। यसैगरी बाँकी रहेका ६७ जनाको लगत्तै एक सातामा उडान हुने पनि उनले बताए। 

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियाली पक्षले राखेको कोरोना बिमा, पीसीआर परीक्षण, सीधा हवाई उडान र १४ दिन कोरियामा क्वारेनटाइन बस्नुपर्नेलगायतका मापदण्ड पूरा गर्नु पर्ने सर्त राखेको थियो। उक्त सर्त पूरा भएपछि नेपाली श्रमिक कोरिया जाने बाटो खुलेको हो। 

कोरिया जाने बाटो खुले पनि कामदारहरूले ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता छ। कोरिया जाने कामदारले कोरियामा १४ दिन होटेल क्वारेनटाइन बस्नुपर्छ। त्यसका लागि १५ सय डलर खर्च कामदारले नै बेहोर्नुपर्छ। 

त्यस अतिरिक्त खुला बजारमा तोकिएको हवाई भाडासमेत कामदारले बेहोर्नुपर्ने बाध्यता छ। यसअघि कोरिया जान ४११ डलर मात्र तिर्नुपर्थ्यो। क्वारेनटाइन र हवाई टिकटको खर्च भने प्रतिबद्ध कामदारले पनि बेहोर्नुपर्छ।

प्रकाशित: Oct 07, 2021| 08:01 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।