लन्डन- दुबईका प्रधानमन्त्री शेख मोहम्मद अल मोक्तुमले पूर्वपत्नीको मोबाइल फोन ह्याक गरेको बेलायती अदालतले खुलासा गरेको छ। बेलायती उच्च अदालतले मोक्तुमले आफ्नी पूर्वपत्नी हाया विन्त हुसेनको फोन ह्याक गरेको खुलासा गरेको हो।
मोक्तमले हायाका कानुन व्यवसायी बरोनेस फिओना स्याकलटन र निक म्यानर्सको पनि फोन ह्याक गर्ने प्रयास गरेको अदालतले भनेको छ। हाया र मोक्तमबीच सम्बन्ध विच्छेदको मुद्दा चलिरहेका बेला मोक्तमले फोन ह्याक गरेको बताइएको छ।
फोन ह्याक भएको विषयले आफूलाई धेरै दुखी बनाएको हायाले बताएकी छन्। तर मोक्तमले भने आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन्।
सन् २००४ मा हाया र मोक्तमले विवाह गरेका थिए। तर सन् २०१९ मा उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो।