बिहीबार, भदौ ४, २०८३

पारिश्रमिक नपाएको भन्दै पत्रकार आन्दोलित

विभिन्‍न सञ्‍चारगृहमा काम गरेवापत्‌को पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- विभिन्‍न सञ्‍चारगृहमा काम गरेवापत्‌को पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन्।

काम गरे वापत्‌को पारिश्रमिक नपाएको भन्दै विभिन्‍न सञ्चार गृहमा आन्दोलित पत्रकारहरुको पक्षमा बुधवार नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। 

प्रदर्शनमा पारिश्रमिक नपाएर आन्दोलित भएका पत्रकार र आन्दोलनलाई समर्थन गर्न पुगेका पत्रकारहरुको उपस्थिति रहेको थियो। प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्‍चारगृह सञ्‍चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताए। 

आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्‍चारगृहका सञ्‍चालकहरुको घरमै पुगेर धर्ना बस्‍न बाध्य हुने पनि उनले चेतावनी दिए। उनले भने, ‘तपाईहरुले तत्काल श्रमजिवीका समस्याहरु समाधान गर्नुभएन भने तपाईंहरुको सञ्चारगृहमा ताला लगाउनु परे पनि हामी पछाडि हट्दैनौँ। पत्रकार महासंघले प्रेस स्वतन्त्रता र श्रमको अधिकारको पक्षमा कहीँ कतै सम्झौता गर्दैन। आज माइतीघर मण्डलामा छौँ। भोलिदेखि हामी तपाईंहरुको सञ्‍चारगृह र तपाईंहरुको निवासको गेटमा धर्ना दिनु नपरोस्।’

प्रदर्शनमा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कायम गर, पेशागत आन्दोलन रक्षाको लागि आन्दोलन जारी छ, हामी पत्रकार, चाहान्छौँ श्रम अधिकार लगायत लेखिएको प्लाकार्डसहित नाराबाजी समेत गरेका थिए।

प्रकाशित: Oct 06, 2021| 20:15 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।