बिहीबार, भदौ ४, २०८३

कपिलवस्तुका एसपी कार्की मुख्यमन्त्रीबाट सम्मानित

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

कपिलवस्तु- कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्। ६६औं प्रहरी दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रशंसा पत्रसहित उनलाई सम्मान गरेका हुन्। 

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै मुख्यमन्त्री केसीले एसपी कार्कीको उत्कृष्ट कार्यको सम्मान गरेका हुन्। 

कार्कीको सम्मानमा मुख्यमन्त्री केसीले प्रदेश राजधानीबाट पठाएको प्रशंसापत्र बुधबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गरे। 

प्रहरी दिवस समारोहमा जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीलाई पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो। 

प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालयले विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई  र बृहत् रक्तदान कार्यक्रमसमेतको आयोजना गरेको थियो। 

लामो दौड तथा विभिन्न खेल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय स्थान हासिल गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो।


प्रकाशित: Oct 06, 2021| 19:32 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।