काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का ५९ वर्षीय नेत्रप्रसाद दाहालको शव आफ्नै आँगनमा गाडिएको अवस्थामा फेला परेकाे छ। मंगलबार साँझसम्म घरमै रहेका दाहाल बुधबार बिहान नभेटिएपछि उनको खोजी भएको थियो। खोजी गर्ने क्रममा प्रहरीले आँगनमा गाडिएको अवस्थामा उनको शव फेला पारेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार ५९ वर्षीय दाहालको घर एकान्तमा रहेको र उनी घरमा एक्लै बस्ने गरेका थिए। परिवारका अन्य सदस्यहरु मेलम्चीमा रहेको अर्को घरमा बस्ने गरेको डीएसपी बस्नेतले जानकारी दिएका छन्। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए।