बिहीबार, भदौ ४, २०८३

आज रातिबाट 'ईडीभी' खुल्दै, कसरी भर्ने?

अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार राति ९:४५ देखि ईडीभी चिट्ठाका लागि आवेदन खुला गर्ने भएको हो।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- सन् २०२३ का लागि बुधबार रातिदेखि ईईडीभी चिट्ठाका लागि आवेदन खुला गरिने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार राति ९:४५ देखि ईडीभी चिट्ठाका लागि आवेदन खुला गर्ने भएको हो।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्षको अक्टोबरमा ईडीभी भिसाका लागि आवेदन खुला गर्ने भएको छ। अमेरिकामा कम आप्रवासी भएको मुलुकका नागरिकहरुका लागि 'डाइभर्सिटी आप्रवासन' खुला गर्ने गरेको छ।

ईडीभी भर्न अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ। ईडीभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

ईडीभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ।

कसरी भर्ने आवेदन?

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ। त्यहाँ आफ्नो तस्बिरसहितको आफ्नो वास्तविक विवरण भर्नुपर्ने हुन्छ। त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेश मन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ। डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको नतिजा हेर्न सकिन्छ। 

यदि डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्रावधान छ। यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन्। आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया सुरु हुन्छ।

प्रकाशित: Oct 06, 2021| 18:56 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।