शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै प्रदर्शन [सात तस्बिरमा]

स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै प्रदर्शन [सात तस्बिरमा]

महिला अधिकार अभियन्ताहरूले स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्।
 |  बुधबार, असोज २०, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असोज २०, २०७८

काठमाडौं– महिला अधिकार अभियन्ताहरूले स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्। सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भन्दै गत वर्षदेखि स्यानिटरी प्याड आयातमा कर लगाएको थियो।

National life

चालू आर्थिक वर्षको बजेटमार्फत त्यसमा कुनै हेरफेर नगरिए पनि विरोध भइरहेको छ। यसै क्रममा बुधबार वसन्तपुरमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले सडक नाटकसमेत देखाएका थिए।

स्वदेशमा उत्पादन हुने भए पनि विदेशबाट समेत स्यानिटरी प्याड आयात भइरहेको छ। भन्सार विभागका अनुसार गत साउनमा चीनबाट २ लाख ५ हजार रुपैयाँ बराबरको ६ हजार १९९ थान (प्याकेट) स्यानिटरी प्याड आयात भएको छ। साउनमा भारतबाट ८ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको ९० लाख ३० हजार ५३५ थान प्याड आयात भएको छ। 


kumari

 

 


 

 

 

प्रकाशित: Oct 06, 2021| 17:40 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।