काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
केन्द्रले प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, विद्यालय प्रशासन, लेखा र सहयोगी कर्मचारीको अधिकतम उमेर हद ६० वर्ष कायम गर्न निर्देशन दिएको हो। त्यस्तै शिक्षा विकास तथा समन्वय एकाइलगायत अन्य सरकारी निकायमा कार्यरत कार्यलय सहयोगी, पाले, चालक, सरसफाईकर्मीको उमेरहद ५८ वर्ष कायम गरेको छ।
केन्द्रले मन्त्रालयले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निणर्य र २०७८ असोज ०८ को सचिवस्तरीय निणर्यअनुसार उमेरहद कायम गर्न ७७ वटै एकाइ र ७५३ वटा स्थानिय तहलाई निर्देशन दिइएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।