बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नम्बर प्लेटविरूद्धको कारबाही अभियानअन्तर्गत दर्जनौं मोटरसाईकल नियन्त्रणमा

नम्बर प्लेटविरूद्धको कारबाही अभियानअन्तर्गत दर्जनौं मोटरसाईकल नियन्त्रणमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाईकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

बिशेषगरि नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाईकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले व्यक्त गरेकाछन्। 

कतिपय त्यस्ता मोटरसाईकलहरु तिब्रगति र लापरबाहिका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाईन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ।

सम्पुर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अबस्था समेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपुर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ।

त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँचसय देखी पन्ध्रसय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ। 



प्रकाशित: Oct 06, 2021| 13:18 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।