बिहीबार, भदौ ४, २०८३

'रामायण'मा रावण बनेका त्रिवेदीको निधन

सन् १९८० को दशकमा भारतीय टेलिभिजन दूरदर्शनमा प्रशारित रामानन्द सागरको लोकप्रिय पौराणिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– सन् १९८० को दशकमा भारतीय टेलिभिजन दूरदर्शनमा प्रशारित रामानन्द सागरको लोकप्रिय पौराणिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ।

८३ वर्षीय त्रिवेदीको मंगलबार राति ११ बजे आफ्नै घरमा निधन भएको हो। अघिल्लो दिन सामान्य अवस्थामा सुतेका त्रिवेदीलाई राति हृदयाघात भएको बताइएको छ।

धार्मिक प्रवृत्तिका त्रिवेदीले परिवारका सदस्यलाई आफ्नो निधनपछि राम नामको वस्त्र लगाइदिन भनेका थिए। 

रामायणमा रावणको भूमिकाका लागि सुरुमा अभिनेता अमरिश पुरीलाई छानिएको थियो। तर, पछि त्रिवेदीको बडी ल्यांग्वेज र एटिट्युड देखेर रामानन्दले उनैलाई लिएका थिए।

प्रकाशित: Oct 06, 2021| 12:37 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।