काठमाडौं- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका-१३ कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान गुमाउनेमा सोही ठाउँका २५ वर्षीय दिनेश बोटे रहेका छन्। उनलाई घाँस-दाउरा लिन जानेक्रममा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।