बिहीबार, भदौ ४, २०८३

सुर्खेतमा बुद्ध एयरको विमान अवतरण हुन सकेन

काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण समस्या भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

सुर्खेत- काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण समस्या भएको छ। बुधबार विहान ८ बजे काठमाडौंबाट सवा ९ बजे सुर्खेत विमानस्थलमा आएको यु ४-१३३ नम्बरको जहाज अवतरणमा समस्या भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको छ।

मौसमी समस्याका कारण भेरी नजिकैको रूटमा कुहिरो लागेपछि अबतरण गर्न समस्या भएको बुद्ध एयर सुर्खेत प्रतिनिधि अनिल पन्तले जनाए। 'जहाजमा समस्या छैन, कुहिरो र हुस्सुका कारण अवतरण हुन नसकेको हो।' उनले भने, ' अहिले जहाज नेपालगन्जमा अवतरण भईसकेको छ।

'कुहिरो फाटिसकेका कारण फेरि सुर्खेतआउने पन्तले बताए। जहाजमा चालक दलका ४ सदस्य सहित ४६ जना यात्रु थिए।

प्रकाशित: Oct 06, 2021| 10:10 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।