बिहीबार, भदौ ४, २०८३

मध्यभोटेकोशीको आइपीओ बिक्री खुला

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ। 

कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज १० बजेबाट उक्त कम्पनीको सेयरमा आवेदन दिन सकिने छ।

यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।


प्रकाशित: Oct 06, 2021| 07:07 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।