सोमबार, चैत २, २०८२

अमेरिकामा भण्डारीले चुनाव जिते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बाल्टीमोर- संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

अमेरिकामा मध्यावधी निर्वाचनका रुपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी भण्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसँग स्टेट डेलिगेटका लागि प्रतिष्पर्धा गर्ने छन । अमेरिकामा पार्टीगत रुपमा राज्य स्तरको विधान सभाको सदस्यको प्राइमरी चुनाव र पार्टीको राज्यको केन्द्रीय समितिमा निर्वाचित हुने ह्यारी भण्डारी नेपाली मूलका पहिलो व्यक्ति हुन्।

नेपालको पर्वत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका ह्यारी भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन । भण्डारी पेशाले शिक्षक हुन ।
भण्डारीले स्टेट डेलिगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५३७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितीको सदस्य पदमा ५७६५  मत प्राप्त गरी विजयी भएका हुन।

भण्डारीको निर्वाचनका सन्दर्भमा अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन। निर्वाचनमा मेरिल्याण्ड राज्य र वरिपरिका राज्यबाट नेपाली समुदायबाट मतदान केन्द्रमा र प्रचार(प्रसारमा यथेष्ट सहयोग पुर्याहएका थिए। 

निर्वाचनमा जितेपछि भण्डारीले अमेरिका अवसरको भुमी भएको र हामी नेपाली आप्रवाशीले पनि भावी सन्ततीकोको हकअधिकारका लागि मिलेर संघर्ष गर्नु पर्नेमा जोड बताए। भण्डारीले नोभेम्बर ६ मा हुने निर्वाचन मा पनि सहयोग गर्न नेपाली समुदायसँग अपील गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।