बिहीबार, भदौ ४, २०८३

भोलिदेखि दे‍शभरका सबै अदालत बन्द

असोज २१ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- असोज २१ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण बैठकले असोज २१ गते घटस्थापनादेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमा सम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो।

तर, बिदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो पनि लगाइएको छ।

न्यायाधीशहरुसँग छलफल गरी बारअनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो। विदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश हेर्ने समय ११ देखि ३ बजेसम्मका लागि छुट्याइएको छ।

प्रकाशित: Oct 06, 2021| 04:50 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।