काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचमा ६० वर्षअघि नै सीमा विवाद टुंगो लागेकोले अहिले कुनै सीमा विवाद नरहेको स्पष्ट पारेकी छन्।
राजदूत यान्छीले मंगलबार ट्विटरमार्फत दुई देशबीचमा ६० वर्ष पहिला नै नेपाल-चीनबीचको सीमाको टुंगो लागेको र नयाँ कुनै विवाद नरहेको बताएकी हुन्।
उनले ट्विटरमार्फत भनेकी छन्, ‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ ।’
हुम्लामा सीमा विवादका सम्बन्धमा चीनसँग कूटनीतिक कुराकानी गर्न गृह मन्त्रालयले मंगलबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।
सरकारले भदौ १६ गते चीनसँग सीमा विवाद अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार गृहमन्त्रालयका सहसचिव जयनारायाण आचार्यको संयोजकत्वमा अध्ययन टोली हुम्ला पुगेर तयार पारेको प्रतिवेदन असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो।
समितिले यो समस्या दुबै मुलुकका प्रतिनिधि बसेर समाधान गर्नुपर्ने सुझाव दिएको छ।
60 years ago today, China and Nepal signed the Boundary Treaty through friendly negotiation, our border is free from any disputes since then and has become a bond of friendship and a bridge of mutually benefitial cooperation. Check out the precious photos:https://t.co/zE1i3HCznJ pic.twitter.com/AIQQf3ZyoD
— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 5, 2021