मुम्बई- नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई एक रेव पार्टीबाट पक्राउ गर्यो। आर्यनले लागुऔषध खरिद गरेको र सेवन गरेको आरोप उनीमाथि लागेको छ।
आर्यनो जमानतका लागि सोमबार सुनुवाई भएको थियो। तर, उनलाई बिहिबारसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।
आर्यनको पक्राउपछि रेव पार्टी र पार्टीमा हुने लागुऔषधको सेवनका विषयमा चर्चा भइरहेको छ।
के हो रेव पार्टी?
रेव पार्टी गोप्य तरिकाले आयोजना गरिन्छ। जसमा लागुऔषध, मदिरा, संगीत, नृत्य र कहिलेकाहीँ यौन क्रियाकलाप हुने गर्छन्।
एनसीबीका एङ्क अधिकारले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा भने, 'रेव पार्टी केवल पार्टी सर्किटसँग जोडिएका केही सीमित व्यक्तहरुका लागि आयोजना गरिन्छ। नयाँ व्यक्तिहरुलाई यस्ता पार्टीमा सहभागी हुन दिइँदैन।'
नचिनेको व्यक्तिलाई पनि पार्टीमा सामेल गरिँदा हल्ला हुने डरका कारण अन्य व्यक्तिहरुलाई यसबारे जानकारी गराइँदैन। रेव पार्टी लागुऔषध किन्ने र सेवन गर्नेहरुका लागि सुरक्षित स्थान मानिन्छ।
एक क्रुजमा भएको रेव पार्टीबाट १३ ग्राम कोकिन, पाँच ग्राम मेफेड्रोन र २२ ट्याबलेट एक्सटेसी बरामद गरिएको थियो। अधिकारीले भने, 'रेव पार्टीमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि लिने गरिन्छ।'
पार्टीका दौरान निकै चर्को आवाजमा म्युजिक प्लेयर चलाउने गरिन्छ। लागुऔषध लिनेहरु लामो समयसम्म एकै किसिमको मुडमा रहनु भनेर इलेक्ट्रोनिक ट्रान्स म्युजिक चलाइन्छ।
रेव पार्टी २४ घण्टादेखि तीन दिनसम्म चल्ने गर्छन्। एनसीबीका एक अधिकारीले भने, 'लेजरमार्फत रंगिन तस्बिरहरु, भिज्युल इफेक्ट र धुवाँ निकाल्ने मसिनहरु पनि रेव पार्टीमा प्रयोग गरिन्छन्।'
यस्ता पार्टीहरु कसैलाई थाहा नहोस् भनेर निकै दुर्गम र थोरै मानिसहरुको पहुँच हुने स्थानहरुमा आयोजना गरिन्छ। भारतीय प्रहरीका अवकाश प्राप्त अधिकारी समाधान धनेधरले विशेषगरी खण्डाला, लोनावाला, करजात, खालापुर, पुणेजस्ता ठाउँहरुमा यस्ता पार्टी आयोजना हुने गरेका छन्।
रेव पार्टीमा सहभागीहरुलाई बोलाउनका लागि सामाजिक सञ्जाल तथा कोड भाषाको प्रयोग गरि बोलाउने गरिन्छ। यस्ता पार्टीमा सहभागी हुनका लागि मानिसहरु लाखौं खर्च गर्न तयार हुन्छन्। जसका कारण सामान्य मानिसहरु यसमा सहभागी हुन सक्दैनन्।
सन १९८० को दशकमा युवाहरुमा रेव पार्टी लोकप्रिय थियो।