मंगलबार, फागुन २६, २०८२

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

जापानमा जन्मिएका अमेरिकी स्युकुरो मानाबे, जर्मनीका क्लाउज हासेलम्यान र इटालिका गिरगियो पारसीलाई पृथ्वीको जलवायु परिवर्तनको भौतिक प्रणालीको जटिलताबारे खोज गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

National life

जापानमा जन्मिएका अमेरिकी स्युकुरो मानाबे, जर्मनीका क्लाउज हासेलम्यान र इटालिका गिरगियो पारसीलाई पृथ्वीको जलवायु परिवर्तनको भौतिक प्रणालीको जटिलताबारे खोज गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो।

रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले, जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलम्यानलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको जनाइएको छ। 

मानाबे र क्लाउसलाई उनीहरुको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ। गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 05, 2021| 20:23 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।